Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

जीवन विकास लघुवित्तका संस्थापक शेयर बिक्रीमा

काठमाडौं – जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनी बिसनदेव मण्डल गन्गाईले ८ हजार कित्ता र निरज पोख्रेलले १२ हजार ४०० कित्ता संस्थापक शेयर बिक्रीका लागि राखेका छन्। कम्पनीले जनाएको छ…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनी बिसनदेव मण्डल गन्गाईले ८ हजार कित्ता र निरज पोख्रेलले १२ हजार ४०० कित्ता संस्थापक शेयर बिक्रीका लागि राखेका छन्।

कम्पनीले जनाएको छ कि संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक शेयरधनीहरूलाई नै दिनुपर्ने प्रावधान छ। त्यसैअनुसार, शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीलाई ३५ दिनको समय दिइएको छ।

शेयर खरीद गर्न चाहने शेयरधनीले आफूले किन्न चाहेको शेयर संख्या उल्लेख गरी मोरङको कटहरी–२ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आशयपत्र पेश गर्नुपर्नेछ।

कम्पनीका अनुसार, सो अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट पूर्ण या आंशिक शेयर खरीदका लागि निवेदन प्राप्त नभएमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/