spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसिम्रिक एयरको वार्षिक साधारणसभा फागुन २८ गते, के-के छन् एजेण्डा?

सिम्रिक एयरको वार्षिक साधारणसभा फागुन २८ गते, के-के छन् एजेण्डा?

काठमाडौं – सिम्रिक एयर लिमिटेडले आफ्नो वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिले फागुन ५ गते बसेको बैठकमा फागुन २८ गतेका लागि साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो।

सभाको आयोजना कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौंमा साँझ ५ बजे हुने छ। सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नेछ। त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय विवरण र लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरी सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।

सञ्चालक समितिले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ।

त्यसैगरी, कम्पनीको नियमावली संशोधन गर्ने, कम्पनीलाई धितोपत्र बोर्डमा दर्ता गर्ने, र धितोपत्र सार्वजनिक निष्कासन जारी गर्ने सम्बन्धी प्रस्ताव पनि साधारणसभामा छलफल हुने कम्पनीले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here