
काठमाडौं। हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले आफ्नो २६औँ वार्षिक साधारणसभा कात्तिक १६ गते बोलाएको छ। कम्पनीको सञ्चालक समितिको असोज १८ गते बसेको बैठकले साधारणसभाको मिति तय गरेको हो।
सभा काठमाडौंको नयाँबानेश्वर, थापागाउँस्थित अर्पण बैंक्वेटमा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ।
सभामा के-के प्रस्ताव?
सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह तथा अन्य वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गर्ने प्रस्ताव छ।
त्यस्तै आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकको पारिश्रमिक घटाउने तथा बाँकी कार्यकालका लागि स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि साधारणसभामा पेश हुनेछ।
असोज २८ मा बुक क्लोज
साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज २८ गते शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। त्यसअनुसार तोकिएको मितिअघि कायम योग्य शेयरधनीले साधारणसभामा सहभागिता जनाउन सक्नेछन्।






Leave a Reply