
नाइमा मोबिलिटी एक्स्पो २०२६ आजदेखि औपचारिक रूपमा सुरु भएको छ । एक्स्पोको उद्घाटनसँगै पहिलो दिनमै सर्वसाधारण तथा सवारीसाधनप्रति रुचि राख्ने अवलोकनकर्ताको उल्लेख्य उपस्थिति देखिएको छ ।
नयाँ सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहकदेखि विभिन्न सवारीका विशेषता, प्रविधि र बजारमा उपलब्ध विकल्पबारे जानकारी लिन चाहने अवलोकनकर्तासम्म एक्स्पोमा पुगेका छन् । पहिलो दिनमै बढेको भीडले एक्स्पोप्रति सर्वसाधारणको चासो उच्च रहेको देखाएको छ ।
यस वर्षको नाइमा मोबिलिटी एक्स्पोमा ५५ वटा ब्रान्डका विभिन्न सवारीसाधन प्रदर्शनीमा राखिएका छन् । एउटै स्थानमा विभिन्न ब्रान्डका सवारीसाधन अवलोकन तथा तिनका बारेमा जानकारी लिन सकिने भएकाले एक्स्पोमा ग्राहकको आकर्षण बढेको आयोजकको भनाइ छ ।
पहिलो दिन विशेषगरी बीवाइडी, एमजी, हुन्डाई, टियागो, डोङफेङ र जगदम्बा मोटर्स कम्पनीका सवारीसाधनले अवलोकनकर्ताको ध्यान तानेका छन् । ती ब्रान्डका स्टलमा नयाँ सवारी खरिद गर्न इच्छुक ग्राहक तथा सर्वसाधारणको बाक्लो उपस्थिति देखिएको छ ।
सवारीसाधनको बजारमा आएका नयाँ विकल्प तथा प्रविधिबारे प्रत्यक्ष जानकारी लिन सकिने भएकाले एक्स्पो ग्राहकका लागि आकर्षणको केन्द्र बनेको छ । पहिलो दिनको उत्साहजनक सहभागिताले आगामी दिनमा पनि एक्स्पोमा अवलोकनकर्ताको संख्या बढ्ने अपेक्षा गरिएको छ ।






Leave a Reply