spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारकालीमाटीमा आजको तरकारी तथा फलफूलको भाउ सार्वजनिक

कालीमाटीमा आजको तरकारी तथा फलफूलको भाउ सार्वजनिक

काठमाडौं — कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आज चैत ३ गतेका लागि तरकारी तथा फलफूलको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको सूचीअनुसार विभिन्न कृषि उपजको न्यूनतम, अधिकतम तथा औसत मूल्य निर्धारण गरिएको छ।

समितिका अनुसार आज सानो लोकल गोलभेंडा प्रतिकिलो अधिकतम ४५ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ र स्थानीय काउली ३० रुपैयाँसम्म कारोबार भइरहेको छ। यस्तै लोकल घिउ सिमी ५० रुपैयाँ, इस्कुस ४० रुपैयाँ, रायो साग ६० रुपैयाँ र कन्य च्याउ १९० रुपैयाँ प्रतिकिलोसम्म बिक्री भइरहेको छ।

सूचीअनुसार ठूलो भारतीय गोलभेंडा प्रतिकिलो ७० देखि ८० रुपैयाँ, आलु रातो १७ देखि २१ रुपैयाँ तथा भारतीय प्याज ३४ देखि ३६ रुपैयाँसम्म रहेको छ। त्यसैगरी गाजर (लोकल) २५ देखि ३५ रुपैयाँ, भन्टा ३५ देखि ४५ रुपैयाँ र मटरकोसा ४० देखि ५५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ।

हरियो तरकारीतर्फ तितो करेला ११० देखि १२० रुपैयाँ, भिण्डी ११० देखि १३० रुपैयाँ, लौका ५० देखि ६० रुपैयाँ र घिरौला ६० देखि ७० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको समितिले जनाएको छ।

फलफूलतर्फ स्याउ (फूजी) प्रतिकिलो २५० देखि ३०० रुपैयाँ, केरा प्रतिदर्जन १९० देखि २०० रुपैयाँ, कागती २४० देखि २६० रुपैयाँ तथा अंगुर (कालो) ३२० देखि ३५० रुपैयाँसम्म रहेको छ।

यस्तै किवी, स्ट्रबेरी र आभोकाडो प्रतिकिलो ३०० देखि ४०० रुपैयाँसम्म कारोबार भइरहेको छ भने हरियो खुर्सानी ११० देखि १२० रुपैयाँ र अकबरे खुर्सानी ७५० देखि ८०० रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ।

समितिले दैनिक माग र आपूर्तिको अवस्थाअनुसार मूल्यमा सामान्य उतारचढाव हुन सक्ने जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here