Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

काठमाडौँ महानगरद्वारा ग्याँस र इन्धनको कालोबजारीमाथि निगरानी कडा

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्याँस र सवारी साधनका लागि प्रयोग हुने इन्धनमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने गतिविधिमाथि कडा निगरानी थालेको छ। ग्याँस मौज्दात हुँदाहुँदै “ग्याँस छैन” भन्दै उपभोक्तालाई…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्याँस र सवारी साधनका लागि प्रयोग हुने इन्धनमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने गतिविधिमाथि कडा निगरानी थालेको छ।

ग्याँस मौज्दात हुँदाहुँदै “ग्याँस छैन” भन्दै उपभोक्तालाई नदिने, बढी मूल्य लिने तथा पेट्रोल पम्पहरूले इन्धन हुँदाहुँदै पनि सवारी साधनलाई उपलब्ध नगराउने गुनासो बढेपछि महानगरपालिकाले निगरानी संयन्त्र सक्रिय बनाएको हो।

महानगरपालिकाको प्रशासन विभागका प्रमुख महेश काफ्लेले ग्याँस अभाव भएको भनी गलत सूचना फैलाएर मूल्य बढाउने र सर्वसाधारणको जनजीवनमा असहजता सिर्जना गर्नेहरूलाई कारबाही गरिने चेतावनी दिएका छन्। उनका अनुसार नेपाल आयल निगमले खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिन्डर १ हजार ९१० रुपैयाँ तोकेको छ र यही मूल्यमा बिक्री वितरण गर्न व्यवसायीलाई आग्रह गरिएको छ।

काफ्लेले ग्याँस अभाव हुने आशङ्कामा उपभोक्ताले अत्यधिक माग गर्ने प्रवृत्ति पनि देखिएको बताए। यस्तो अवस्थामा ग्याँस सञ्चिति गर्न थाल्दा माग र आपूर्तिको सन्तुलन बिग्रने भएकाले उपभोक्तालाई जिम्मेवार भएर मात्र ग्याँस माग गर्न अनुरोध गरिएको छ।

उनले सहज जनजीविकाका लागि उपभोक्ता, उद्योग तथा वाणिज्य क्षेत्र र सरकार सबैले आ–आफ्नो दायित्व पूरा गर्नुपर्ने उल्लेख गरे।

महानगरपालिकाका अनुसार पेट्रोल पम्पहरूले पनि मौज्दात इन्धन हुँदाहुँदै ‘इन्धन छैन’ भन्दै सवारी साधनलाई फर्काउने सूचना प्राप्त भएकाले त्यसतर्फ पनि निगरानी बढाइएको छ।

यदि ग्याँस वा इन्धनको कृत्रिम अभाव सिर्जना गरिएको देखिएमा महानगरपालिकाको हटलाइन नम्बर ११८० वा ९८५१३५६५०९ मा जानकारी दिन महानगरले आग्रह गरेको छ। प्राप्त विवरणका आधारमा आवश्यक अनुगमन र कारबाही गरिने महानगरपालिकाले जनाएको छ।

उता ग्याँस विक्रेता महासङ्घ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार भारतबाट आउने ग्याँस आपूर्ति नियमित नै रहेको छ। उनका अनुसार माग बढेकाले केही स्थानमा अभाव जस्तो देखिएको हो। उपभोक्ताले अनावश्यक रूपमा ग्याँस सञ्चिति नगरेमा समस्या नदेखिने उनको भनाइ छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/