Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य सार्वजनिक गरेको छ। समितिले बजारमा उपलब्ध आपूर्ति र मागको अवस्थालाई आधार मानेर मूल्य निर्धारण गरेको जनाएको…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य सार्वजनिक गरेको छ। समितिले बजारमा उपलब्ध आपूर्ति र मागको अवस्थालाई आधार मानेर मूल्य निर्धारण गरेको जनाएको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) रु ३५ र गोलभेँडा सानो (टनेल) रु ६० कायम भएको छ। आलु रातो प्रतिकिलो रु २६ तथा प्याज सुकेको (भारतीय) रु ३८ निर्धारण गरिएको छ।

तरकारीतर्फ गाजर (लोकल) रु ५५, बन्दा (लोकल) रु ५०, काउली स्थानीय रु ३५, भन्टा (लाम्चो/डल्लो) रु ७० र भिन्डी रु १३० प्रतिकिलो तोकिएको छ। तिते करेला रु १८०, घिरौँला रु १४०, लौका रु ७५ तथा फर्सी पाकेको रु ५५ कायम भएको छ।

हरियो सागसब्जीमा रायोसाग रु २५, पालुङ्गो रु ३५, मेथी रु ४० र हरियो प्याज रु ४० प्रतिकिलो निर्धारण गरिएको छ। च्याउतर्फ कन्य च्याउ रु १३०, डल्ले च्याउ रु ४३०, राजा च्याउ रु ३०० तथा सिताके च्याउ रु १,००० प्रतिकिलो कायम गरिएको छ।

फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १९०, सुन्तला (भारतीय) रु १७०, अङ्गुर (कालो) रु ४००, स्ट्रबेरी रु ५०० र एभोकाडो रु ३५० निर्धारण गरिएको छ। त्यसैगरी किबी रु २६०, अनार रु ३३० र कागती रु २८० प्रतिकिलो तोकिएको छ।

मसला तथा अन्य सामग्रीमा अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी रु ४३०, लसुन सुकेको (नेपाली) रु २०० र हरियो धनियाँ रु ४० कायम भएको छ। ताजा माछातर्फ रहु प्रतिकिलो रु ३४०, बचुवा रु २८० र छडी रु २५० निर्धारण गरिएको समितिले जनाएको छ।

समितिका अनुसार बजार मूल्य दैनिक रूपमा माग–आपूर्तिको अवस्थाअनुसार परिवर्तन हुन सक्नेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/