Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

कालीमाटीमा आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (वि.सं. २०८२ फागुन ८) का लागि फलफूल तथा तरकारीको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार तरकारी, फलफूल, मसला तथा माछामासुको मूल्य सूची…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (वि.सं. २०८२ फागुन ८) का लागि फलफूल तथा तरकारीको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार तरकारी, फलफूल, मसला तथा माछामासुको मूल्य सूची अद्यावधिक गरिएको हो।

समितिले जारी गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) रु ४०, सानो (टनेल) रु ५५ र सानो (भारतीय/तराई) रु ५० कायम भएको छ। आलु रातो रु २६, आलु रातो (भारतीय) रु २५ र प्याज सुकेको (भारतीय) रु ३८ निर्धारण गरिएको छ।

हरियो तरकारीतर्फ गाजर (लोकल) रु ६०, बन्दा (तराई) रु ३५, काउली स्थानीय रु ३५, सेतो मूला (लोकल) रु १५, भन्टा (लाम्चो/डल्लो) रु ५५, घिरौँला रु १४०, लौका रु १०० र तिते करेला रु १८० प्रतिकिलो तोकिएको छ। घिउ सिमी (लोकल/राजमा) रु १३०, घिउ सिमी (हाइब्रिड) रु १२० र टाटे सिमी रु ७० कायम गरिएको छ।

सागसब्जीतर्फ रायोसाग रु २५, पालुङ्गो रु ३५, तोरीसाग रु २५, मेथी रु ४०, हरियो प्याज रु ४० र पुदिना रु ३५० प्रतिकिलो निर्धारण गरिएको छ। च्याउ (कन्य) रु १४०, च्याउ (डल्ले) रु ५००, राजा च्याउ रु ३०० र सिताके च्याउ रु १,००० प्रतिकेजी तोकिएको छ।

फलफूलतर्फ स्याउ (झोले) रु २५०, स्याउ (फुजी) रु ३००, केरा (दर्जन) रु १९०, सुन्तला (भारतीय) रु १७०, अङ्गुर (कालो) रु ४००, स्ट्रबेरी रु ५००, किबी रु २६० र एभोकाडो रु ३५० प्रतिकिलो कायम भएको छ।

मसला तथा अन्य वस्तुतर्फ अदुवा रु १२०, सुकेको खुर्सानी रु ४३०, हरियो खुर्सानी (अकबरे) रु ९००, लसुन सुकेको (नेपाली) रु २०० र लसुन सुकेको (चाइनिज) रु २६० प्रतिकिलो निर्धारण गरिएको छ। त्यस्तै ताजा माछा (रहु) रु ३४०, (बचुवा) रु २८० र (छडी) रु २५० प्रतिकिलो तोकिएको छ।

समितिले बजार आपूर्ति र मागको अवस्थाअनुसार दैनिक रूपमा मूल्य समायोजन गर्दै आएको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/