बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

वर्षा रोकिएसँगै अवरुद्ध राजमार्ग खुलाउने काम तीव्र, पृथ्वी राजमार्ग आजै खुल्ने

काठमाडौं — वर्षा रोकिएसँगै बाढीपहिरोका कारण अवरुद्ध भएका प्रमुख राजमार्ग खुलाउने काम तीव्र पारिएको छ । पृथ्वी राजमार्गसहित अवरुद्ध सडकहरू आज दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ । बुधबारदेखि परेको अविरल वर्षाका…


विज्ञापनAdvertisement Banner
◷
2 min read

काठमाडौं — वर्षा रोकिएसँगै बाढीपहिरोका कारण अवरुद्ध भएका प्रमुख राजमार्ग खुलाउने काम तीव्र पारिएको छ । पृथ्वी राजमार्गसहित अवरुद्ध सडकहरू आज दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

बुधबारदेखि परेको अविरल वर्षाका कारण काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्गलगायतका सडकमा बाढीपहिरो खसेपछि यातायात प्रभावित भएको थियो ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो हटाएर आइतबारदेखि नै सवारी सञ्चालनमा ल्याइएको छ । मुग्लिन–काठमाडौं सडकखण्डमा पनि अधिकांश स्थानका पहिरो हटाइसकिएको छ । यद्यपि केही स्थानमा सडक एकतर्फी रूपमा मात्रै सञ्चालनमा छन् ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० पानीधारामा आइतबार साँझ ठूलो ढुंगासहित पहिरो खसेपछि पृथ्वी राजमार्गको मुग्लिन–काठमाडौं खण्डमा दुईतर्फी यातायात अवरुद्ध भएको छ । रातिको समयमा पहिरो हटाउन सम्भव नभएपछि सोमबार बिहानैदेखि हटाउने काम सुरु गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार पानीधाराको पहिरो हटाएपछि काठमाडौं जाने सडक पूर्ण रूपमा सञ्चालनमा आउनेछ । तर सडक खुलेपछि पनि कृष्णभिर क्षेत्रको सडकको अवस्था निरीक्षण गरेर मात्रै सवारी सञ्चालन गर्ने वा नगर्ने निर्णय गरिने प्रहरीले जनाएको छ ।

यसैगरी कान्ति लोकपथ, कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडक, तमोर करिडोरअन्तर्गत मूलघाट–फिदिम सडक, दाङ–सल्यान जोड्ने राप्ती राजमार्ग, कर्णाली राजमार्ग तथा भालुबाङ–चकचके–लिवाङ सडकखण्डका विभिन्न स्थानमा खसेका पहिरो हटाउने काम पनि जारी छ ।

पहिरो हटाउन सम्भव भएका स्थानमा सडक सफा गर्ने तथा सडक भत्किएका ठाउँमा डाइभर्सन निर्माण गरेर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *