बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन

काठमाडौं — बाढीले अवरुद्ध गलकोट–ताराखोला सडक दुई सातामा सञ्चालनमा आएको छ । गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सडक यही ११ असोजदेखि अवरूद्ध भएको थियो । गलकोट र ताराखोलाको सिमाना गाईघाट झरना नजिक…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — बाढीले अवरुद्ध गलकोट–ताराखोला सडक दुई सातामा सञ्चालनमा आएको छ । गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सडक यही ११ असोजदेखि अवरूद्ध भएको थियो ।

गलकोट र ताराखोलाको सिमाना गाईघाट झरना नजिक सडकको ट्र्याक बगाएपछि अवरुद्ध बनेको सडकमा अस्थायी रूपमा यातायात सञ्चालनमा आएको ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर विकले बताए ।

दरमखोलामा आएको बाढीले गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सडकको विभिन्न भागमा क्षति पुर्‍याएको थियो ।

बाढीले सडकको ट्र्याक बगाएपछि गलकोट र ताराखोलाबीचको यातायात सम्पर्कविच्छेद भएको थियो ।

सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावत गर्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको थियो ।

सडक सञ्चालनमा आएसँगै गलकोट र ताराखोलाबीच आवतजावत गर्ने स्थानीयवासी, यात्रु तथा सवारीसाधनलाई सहज भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *