बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

एआई र फिनफ्लुएन्सरको जालोबाट जोगिन सेबोनको आग्रह

काठमाडौं — नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सामाजिक सञ्जाल, फिनफ्लुएन्सर तथा कृत्रिम बुद्धिमत्ता (एआई)बाट फैलाइने गलत सूचना, भ्रामक प्रचार र ठगीबाट सचेत रहन लगानीकर्तालाई आग्रह गरेको छ। विश्व लगानीकर्ता सप्ताह २०२६ का अवसरमा…


विज्ञापनAdvertisement Banner
◷
2 min read

काठमाडौं — नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सामाजिक सञ्जाल, फिनफ्लुएन्सर तथा कृत्रिम बुद्धिमत्ता (एआई)बाट फैलाइने गलत सूचना, भ्रामक प्रचार र ठगीबाट सचेत रहन लगानीकर्तालाई आग्रह गरेको छ।

विश्व लगानीकर्ता सप्ताह २०२६ का अवसरमा सन्देश जारी गर्दै बोर्डले एआईबाट तयार गरिएका डीपफेक भिडियो, आवाजको नक्कल तथा कृत्रिम पहिचानमार्फत लगानीकर्तालाई प्रभावित पार्ने जोखिम बढेको जनाएको हो।

सेबोनले सामाजिक सञ्जालमा भाइरल भएका लगानीका अवसर, फिनफ्लुएन्सरका सिफारिस तथा अनलाइन समूहमा प्रचार गरिएका सामग्रीलाई आधिकारिक सूचना नमान्न आग्रह गरेको छ। लगानी गर्नुअघि आधिकारिक स्रोतबाट सूचना पुष्टि गर्न, हतारमा निर्णय नगर्न तथा असामान्य प्रतिफलको प्रलोभनमा नपर्न बोर्डले सुझाव दिएको छ।

बोर्डले उच्च ब्याजदरको ऋण लिएर सेयर बजारमा लगानी नगर्न, कम्पनीको वित्तीय अवस्था, व्यवस्थापन, लाभांश इतिहास तथा बजार र अर्थतन्त्रको समग्र अवस्था अध्ययन गरेर मात्र लगानी गर्न पनि आग्रह गरेको छ।

त्यस्तै, बैंक, डिम्याट र टीएमएस खाताको सुरक्षा मजबुत बनाउन, फरक तथा बलियो पासवर्ड प्रयोग गर्न र सम्भव भएसम्म दुई तहको प्रमाणीकरण (टु–फ्याक्टर अथेन्टिकेसन) प्रयोग गर्न बोर्डले सुझाएको छ।

‘इन्भेस्ट इन योर फ्युचर, प्रोटेक्ट इट टुडे’ नारासहित असोज १९ देखि २५ गतेसम्म विश्व लगानीकर्ता सप्ताह मनाइँदै छ। सेबोनले नेपाल स्टक एक्सचेन्ज, सिडिएस एन्ड क्लियरिङलगायतका संस्थासँगको सहकार्यमा लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *