
काठमाडौँ -नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आउने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा झरेको छ। अघिल्लो कारोबार दिन सोमबार पनि नेप्से ओरालो लागेर बन्द भएको थियो।
नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.०१ अंकले घटेको छ। यस्तै, फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंकले घटेका छन्।
नेप्से सूचकसँगै मंगलबार शेयर कारोबार रकममा पनि संकुचन आएको छ। सोमबार ५ अर्ब ३८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा मंगलबार कारोबार रकम ४ अर्ब ६५ करोड ४८ लाख ७८ हजार रुपैयाँमा झरेको छ।
यस दिन ३६३ वटा स्क्रिप (कम्पनी तथा डिबेञ्चर) को ५१ हजार २७४ पटकको कारोबारमा १ करोड १० लाख ६९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
मंगलबारको बजारमा १२ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को शेयरमूल्य सर्वाधिक ९.१८ प्रतिशतले बढेको छ। त्यस्तै:
सयपत्री हाइड्रोपावरको शेयरमूल्य ७.५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।७ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०९० को मूल्य करिब ६.५ प्रतिशतले बढेको छ।
दोस्रो बजारमा घट्नेतर्फ भने सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाईमूल्य सर्वाधिक ५.४४ प्रतिशतले ओरालो लागेको छ।कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी अग्रस्थानमा रहेको छ। कम्पनीको २२ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यसैगरी, शिवम् सिमेन्ट्सको १७ करोड रुपैयाँभन्दा बढी र सिद्धार्थ बैंकको १६ करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ वटा उपसमूह मात्रै हरियो रहे भने ११ वटा उपसमूहको सूचक घटेको छ।






Leave a Reply