बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सेयर कारोबारमा पूँजीगत लाभकर पुनरावलोकन, अल्पकालीनमा ५ र दीर्घकालीनमा ३.५ प्रतिशत

सरकारले सेयर कारोबारबाट हुने लाभमा लाग्ने पूँजीगत लाभकरको दर घटाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले अल्पकालीन तथा दीर्घकालीन धितोपत्र कारोबारका लागि फरक–फरक कर दर कायम गर्ने निर्णय गरेको हो। निर्णयअनुसार अल्पकालीन अवधिमा…


विज्ञापनAdvertisement Banner
◷
1 min read

सरकारले सेयर कारोबारबाट हुने लाभमा लाग्ने पूँजीगत लाभकरको दर घटाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले अल्पकालीन तथा दीर्घकालीन धितोपत्र कारोबारका लागि फरक–फरक कर दर कायम गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार अल्पकालीन अवधिमा गरिएको धितोपत्र कारोबारबाट प्राप्त नाफामा ५ प्रतिशत पूँजीगत लाभकर लाग्नेछ। त्यस्तै, दीर्घकालीन अवधिको कारोबारबाट प्राप्त नाफामा पूँजीगत लाभकर ३.५ प्रतिशत कायम गरिएको छ।

नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्रमा पनि नयाँ कर व्यवस्था लागू हुनेछ। विनियम बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा ३ सय ६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा ३.५ प्रतिशत अग्रिम कर कायम गर्ने निर्णय भएको छ।

यसैगरी, ३ सय ६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा ५ प्रतिशत अग्रिम कर लाग्ने व्यवस्था गरिएको छ।

मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयसँगै धितोपत्र कारोबारमा लगानीकर्ताले स्वामित्व अवधि र प्राप्त लाभका आधारमा फरक कर दरको सामना गर्नुपर्नेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *