अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले मन्त्रालय, विभाग, आयोग, प्रदेश सरकार तथा स्थानीय तहका सम्बन्धित निकायलाई विस्तृत कार्यान्वयन मार्गदर्शन जारी गरेको छ। मार्गदर्शनअनुसार बजेटबाट स्वीकृत कार्यक्रम सञ्चालनका लागि आवश्यक कार्यविधि, निर्देशिका, मापदण्ड, दिग्दर्शन वा अन्य मार्गनिर्देशन साउन...