पाल्पा को तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी आठ वर्षअघि मलेसिया जानुभयो । झण्डै छ वर्ष वैदेशिक रोजगारमा बिताउनुभएका उहाँले त्यहाँ राम्रो कमाई गर्न नसकेपछि घर पर्कनुभयो । विदेश जानुअघि गाउँमा परिवारले मकै, कोदोखेती लगाउँथे । उहाँ घर फर्किँदा कोदो, मकै छोडेर परिवारका सदस्यहरूले...