Friday, September 11, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

कडा प्रतिस्पर्धात्मक बनेको खेलमा फ्रान्स क्वार्टरफाइनलमा, पाराग्वे १–० ले पराजित

काठमाडौं ,अमेरिकाको फिलाडेल्फियास्थित फिलाडेल्फिया स्टेडियममा सम्पन्न फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ को खेलमा फ्रान्सले पाराग्वेलाई १–० ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। कडा प्रतिस्पर्धात्मक बनेको खेलमा फ्रान्सका कप्तान किलियन…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं ,अमेरिकाको फिलाडेल्फियास्थित फिलाडेल्फिया स्टेडियममा सम्पन्न फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ को खेलमा फ्रान्सले पाराग्वेलाई १–० ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

कडा प्रतिस्पर्धात्मक बनेको खेलमा फ्रान्सका कप्तान किलियन एम्बाप्पेले दोस्रो हाफमा पेनाल्टीमार्फत निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए। भीएआर (VAR) समीक्षा पछि प्राप्त पेनाल्टीलाई एम्बाप्पेले गोलमा परिणत गरेका थिए।

जितसँगै फ्रान्सले अन्तिम आठमा स्थान बनाएको छ, जहाँ उसले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। पाराग्वेले भने उत्कृष्ट प्रदर्शन गरे पनि गोल गर्न नसक्दा विश्वकप यात्रा राउन्ड अफ १६ मै टुंगिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/