Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

घरेलु मैदानमा नेपालको सानदार जित, अमेरिका १२२ रनले पराजित

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकामाथि १२२ रनको फराकिलो जित दर्ता गरेको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८…


विज्ञापनAdvertisement Banner
2 min read

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकामाथि १२२ रनको फराकिलो जित दर्ता गरेको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रनको बलियो योगफल खडा गरेको थियो। नेपालको ब्याटिङमा इशान पाण्डे र उपकप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट अर्धशतकीय योगदान दिए। उत्कृष्ट लयमा रहेका इशानले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गर्ने क्रममा ८३ बल खेल्दै ८ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ८४ रन बनाए। उनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ११० रनको महत्वपूर्ण शतकीय साझेदारी गरेका थिए। रोहित भने ४६ रनमा आउट भए। त्यसअघि ओपनर आसिफ शेख र कुशल भुर्तेलले ६९ रनको ओपनिङ साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। कुशलले २९ र आसिफले ४३ रन बनाए। मध्यक्रममा आक्रामक ब्याटिङ गरेका दीपेन्द्रसिंह ऐरीले मात्र ३६ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५९ रनको इनिङ खेले। अन्य ब्याट्सम्यानहरूमा आरिफ शेख १७ रनमा अविजित रहँदा गुल्सन झाले १५, सोमपाल कामीले ५ र नन्दन यादवले १ रन जोडे।

३१८ रनको लक्ष्य पछ्याएको अमेरिकाका लागि सञ्जय कृष्णमुर्तिले सर्वाधिक ५६ रन बनाए। त्यसैगरी नेत्र केन्जिगेले २९, शयान जहांगिरले २७, शेहान जयसुरियाले २६ र कप्तान शैतेजा मुक्कामुल्लाले २२ रन जोडे। मिलिन्द कुमारले १२ र शौरभ नेत्रभाल्करले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। अमेरिकालाई सस्तैमा रोक्न नेपालका स्पिनर सन्दीप लामिछानेले ३ विकेट लिए। त्यस्तै दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले २–२ विकेट तथा सोमपाल कामीले १ विकेट हात पारे।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/