Friday, September 11, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

चर्चित गायिका सुमन कल्याणपुरको ८९ वर्षको उमेरमा निधन

भारतीय संगीत क्षेत्रकी चर्चित गायिका सुमन कल्यानपुर को ८९ वर्षको उमेरमा निधन भएको छ।सुमन कल्यानपुरले १९६० र १९७० को दशकमा आफनो सुमधुर स्वारमार्फत लाखौ श्रोताको मन जित्न सफल भएकी सुमनको आइतबार बेलुका…


विज्ञापनAdvertisement Banner
2 min read

भारतीय संगीत क्षेत्रकी चर्चित गायिका सुमन कल्यानपुर को ८९ वर्षको उमेरमा निधन भएको छ।सुमन कल्यानपुरले १९६० र १९७० को दशकमा आफनो सुमधुर स्वारमार्फत लाखौ श्रोताको मन जित्न सफल भएकी सुमनको आइतबार बेलुका मुम्बईस्थित निवासमा निधन भएको हो ।उमेरसम्बन्धी स्वास्थ्य समस्याका कारण उनको निधन भएको बताइएको छ। परिवारनिकट स्रोतका अनुसार उनले जीवनका अन्तिम दिनहरूमा आफ्नै पुराना गीतहरू सुन्दै समय बिताएकी थिइन्।

सुमन कल्याणपुरले हिन्दी चलचित्र संगीतमा “आजकल तेरे मेरे प्यार के चर्चे”, “ना ना करते प्यार”, “तुमने पुकारा और हम चले आए” लगायतका धेरै लोकप्रिय गीतमा स्वर दिएकी थिइन्। उनका गीतहरू आज पनि संगीतप्रेमीबीच उत्तिकै रुचाइन्छन्।

हिन्दीसँगै उनले मराठी, बंगाली, कन्नड, असमिया र ओडिया भाषाका गीतहरूमा पनि स्वर दिएकी थिइन्। फिल्मी गीतबाहेक भजन, गजल र ठुमरीमा समेत उनको योगदान उल्लेखनीय मानिन्छ।

संगीत यात्राका क्रममा उनको स्वरलाई प्रायः  लता मङगेशकरसँग तुलना गरिन्थ्यो। यद्यपि सुमनले सधैं आफ्नै पहिचान र शैलीमार्फत भारतीय संगीत क्षेत्रमा विशेष स्थान बनाएकी थिइन्।

उनको निधनसँगै भारतीय संगीत जगतले एक महत्वपूर्ण स्वर गुमाएको भन्दै विभिन्न कलाकार तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/