काठमाडौं— चन्द्रपुरस्थित एक होटलबाट नक्कली सुनसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा गरिएको छापामा सुनजस्तो देखिने ७ थान धातु, ६ मोबाइल र एक उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले नक्कली सुन प्रयोग गरी ठगी गर्ने योजना बनाएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।




