spot_img
25.1 C
Kathmandu
spot_img
Homeसमाचारअपराधदीपक भट्ट र सुलभ अग्रवाललाई बीमा सम्बन्धी कसुरमा धरौटीमा छाड्ने आदेश

दीपक भट्ट र सुलभ अग्रवाललाई बीमा सम्बन्धी कसुरमा धरौटीमा छाड्ने आदेश

काठमाडौं – जिल्ला अदालत काठमाडौँले धितोपत्र तथा बीमा सम्बन्धी कसुरमा दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई धरौटीमा छाड्ने आदेश दिएको छ।

न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिहीबार र थुनछेक आदेश जारी गर्दै बीमा सम्बन्धी कसुरमा अग्रवालसँग दुई करोड तथा अग्रवालसँग डेढ करोड धरौटी माग गरेको हो । त्यस्तै, धितोपत्रको कसुरमा अग्रवाललाई डेढ करोड तथा भट्टसँग एक करोड धरौटी माग भएको छ ।

जिल्ला अदालत, काठमाडौँले एक साता लामो निरन्तर सुनुवाइपछि बिहीबार थुनछेक आदेश जारी गरेको हो ।

यद्यपि धरौटी आदेश भए पनि भट्ट र अग्रवाल तत्काल रिहा हुने अवस्था भने छैन। उनीहरू सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा यसअघि विशेष अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा रहेका छन्।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here