spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारअपराधक्रिप्टो र हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ, १ अर्बभन्दा बढी कारोबार...

क्रिप्टो र हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ, १ अर्बभन्दा बढी कारोबार खुलासा

काठमाडौं – हुण्डी तथा क्रिप्टो करेन्सी कारोबारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतका प्रवेश अली उमेर, बाँकेका नरेश रेउले र सर्लाहीका दिप्ती पोखरेल रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार सामाखुशी क्षेत्रबाट रेउलेलाई पक्राउ गरी सोधपुछ गर्दा उनले पोखरेल र अलीका लागि यूएसडीटी (USDT) खरिद–बिक्री गर्ने गरेको खुलाएका थिए। त्यसपछि थप अनुसन्धानका क्रममा पोखरेललाई सामाखुशीबाट नगद १५ लाख ३० हजार रुपैयाँसहित र अलीलाई एकान्तकुनाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धानबाट अलीले आफ्नो मोबाइलमा बालेस आईडी प्रयोग गरी हालसम्म ९,१८१,५१३.९६ यूएसडीटी बराबरको कारोबार गरेको पाइएको छ, जसको नेपाली मूल्य करिब १ अर्ब ३६ करोड ८० लाख रुपैयाँ हुन आउँछ।

पक्राउ परेकाहरूलाई दशी प्रमाणसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here