Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

विराटनगरस्थित सिटिजन्स बैंक शाखाबाट करिब ५ करोड हिनामिना

काठमाडौं - विराटनगरस्थित सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कञ्चनबारी शाखामा नक्कली ऋणी खडा गरेर करिब ५ करोड रुपैयाँ हिनामिना भएको घटना सार्वजनिक भएको छ। बैंकले आन्तरिक जाँचका क्रममा शंकास्पद ऋण भेटिएपछि अनुसन्धान गर्दा…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – विराटनगरस्थित सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कञ्चनबारी शाखामा नक्कली ऋणी खडा गरेर करिब ५ करोड रुपैयाँ हिनामिना भएको घटना सार्वजनिक भएको छ। बैंकले आन्तरिक जाँचका क्रममा शंकास्पद ऋण भेटिएपछि अनुसन्धान गर्दा करिब ४ करोड ९१ लाख रुपैयाँ अपचलन भएको देखिएको जनाएको छ।

घटनामा केही कर्मचारीले अधिकारको दुरुपयोग गरी अन्य कर्मचारीको युजर आईडी प्रयोग गरेर नक्कली ऋण प्रक्रिया तयार गरेको आशंका गरिएको छ। बैंकले आवश्यक कागजातसहित जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

यस प्रकरणमा एक कर्मचारीलाई मुख्य रूपमा जोडिए पनि अन्य कर्मचारीको संलग्नता हुन सक्ने आशंका गरिएको छ। प्रहरीले थप तथ्य संकलन गरेर अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/