Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

२५ लाख ठगी आरोपमा एक जना पक्राउ

काठमाडौँ - वैदेशिक रोजगारीको प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार ग्रीस पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभन देखाई तीन जनाबाट करिब २५ लाख रुपैयाँ ठगी गरेको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ – वैदेशिक रोजगारीको प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

प्रहरीका अनुसार ग्रीस पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभन देखाई तीन जनाबाट करिब २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा मोरङको पथरी–शनिश्चरे नगरपालिका–३ स्थायी बासिन्दा २२ वर्षीय सम्योग राई पक्राउ परेका हुन्।

पीडितहरूबाट रकम लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खोजी अभियान चलाएको थियो। सोही क्रममा उनलाई ललितपुर महानगरपालिका–१३ बाट पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।

प्रहरीले राईलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने तयारी गरेको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/