Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा प्रहरी सहायक निरीक्षकविरुद्ध मुद्दा

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा एक जना प्रहरी सहायक निरीक्षकविरुद्ध  विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। अख्तियारका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीस्थित सञ्चार शाखामा कार्यरत…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा एक जना प्रहरी सहायक निरीक्षकविरुद्ध  विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

अख्तियारका अनुसार जिल्ला प्रहरी कार्यालय सुनसरीस्थित सञ्चार शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक मुक्त नारायण श्रेष्ठले बढुवाका लागि पेस गरेका शैक्षिक योग्यताका प्रमाणपत्रहरू नक्कली भएको फेला परेको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार श्रेष्ठले नेपाल प्रहरी सेवामा प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुँदा भारतको दिल्लीस्थित केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट जारी भएको देखाइएको प्रमाणपत्र पेस गरेका थिए। अनुसन्धानका क्रममा ती प्रमाणपत्रहरू झुट्टा तथा नक्कली भएको पुष्टि भएको अख्तियारले जनाएको छ।

अख्तियारले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको पद प्राप्त गर्नुका साथै हालसम्म नेपाल सरकारबाट निवृत्तभरणसहित विभिन्न लाभ तथा सुविधा लिएको भन्दै श्रेष्ठविरुद्ध भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायर गरेको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/