spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारखाँदबारी कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई

खाँदबारी कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई

काठमाडौँ — संखुवासभाको खाँदबारी कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ। २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका कारण नेपाल प्रहरी निर्वाचन सुरक्षामा खटिनुपर्ने भएपछि कारागार सुरक्षाको जिम्मा सेनालाई सुम्पिएको हो।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार २९ माघदेखि कारागार सुरक्षाको जिम्मा सेनाले लिएको हो।खाँदबारीस्थित इन्द्र दल गुल्म बाट सेनाको टोली कारागार सुरक्षामा खटिएको छ। यसअघि उक्त कारागारको सुरक्षा नेपाल प्रहरीले गर्दै आएको थियो।

निर्वाचनलाई लक्षित गर्दै जिल्लाका १० वटै स्थानीय तहमा सेनाले निर्वाचन बेस स्थापना गरिसकेको जनाएको छ। जिल्लामा निर्वाचन सुरक्षाका लागि करिब २ हजार २ सय सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ।

हाल जिल्ला कारागारमा १ सय ४७ पुरुष, ८ महिला कैदीबन्दी तथा २ आश्रित बालबालिका रहेका छन्।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here