बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस

काठमाडौं — सशस्त्र प्रहरी बल, नेपालका निलम्बित अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाउन छानबिन समितिले सिफारिस गरेको छ। अतिरिक्त महानिरीक्षक अन्जनीकुमार पोखरेलको संयोजकत्वमा गठित समितिले विभागीय कारबाहीको सिफारिससहितको प्रतिवेदन गृह मन्त्रालयमा…


विज्ञापनAdvertisement Banner
◷
2 min read

काठमाडौं — सशस्त्र प्रहरी बल, नेपालका निलम्बित अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाउन छानबिन समितिले सिफारिस गरेको छ। अतिरिक्त महानिरीक्षक अन्जनीकुमार पोखरेलको संयोजकत्वमा गठित समितिले विभागीय कारबाहीको सिफारिससहितको प्रतिवेदन गृह मन्त्रालयमा बुझाएको हो।

गृह मन्त्रालयका अनुसार समितिले बिहीबार बुझाएको प्रतिवेदनमा सशस्त्र प्रहरी नियमावली, २०७२ बमोजिम दाहाललाई सेवाबाट हटाउन सिफारिस गरिएको छ। मन्त्रालयले प्रतिवेदन अध्ययन गरी कारबाहीबारे अन्तिम निर्णय लिने जनाएको छ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पुगेको विषय सार्वजनिक भएको थियो। जबरालाई असोज ११ गते राति काठमाडौंस्थित निवासबाट नियन्त्रणमा लिइएको थियो।

उक्त घटनासँग सम्बन्धित संवेदनशील सूचना चुहाएको आरोपमा गृह मन्त्रालयले असोज १९ गते दाहाललाई निलम्बन गरेको थियो। निलम्बनकै दिन मन्त्रालयले एआईजी पोखरेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। निलम्बन हुनुअघि दाहाल सशस्त्र प्रहरी बलको सीमा विभाग प्रमुखका रूपमा कार्यरत थिए।

सशस्त्र प्रहरी नियमावली, २०७२ मा आचरणविपरीत कार्य गर्ने कर्मचारीमाथि विभागीय कारबाही गर्न सकिने व्यवस्था छ। समितिले यही व्यवस्थाका आधारमा दाहाललाई सेवाबाट हटाउन सिफारिस गरेको हो।

समितिको सिफारिससँगै दाहालमाथिको विभागीय कारबाही प्रक्रिया अन्तिम निर्णयको चरणमा पुगेको छ। यद्यपि, गृह मन्त्रालयले अन्तिम निर्णय नगरेसम्म उनी निलम्बनकै अवस्थामा रहनेछन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *