बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सुरक्षाको कारण भन्दै नियन्त्रणमा लिइएका पूर्वप्रधानन्यायाधीश जबरा रिहा

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरीको नियन्त्रणबाट मुक्त भएका छन्। गएरातिदेखि प्रहरीको निगरानीमा रहेका जबरालाई आइतबार दिउँसो टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट रिहा गरिएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार जबरालाई पक्राउ गरिएको…


विज्ञापनAdvertisement Banner
◷
1 min read

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रहरीको नियन्त्रणबाट मुक्त भएका छन्। गएरातिदेखि प्रहरीको निगरानीमा रहेका जबरालाई आइतबार दिउँसो टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट रिहा गरिएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार जबरालाई पक्राउ गरिएको नभई सुरक्षा जोखिमलाई ध्यानमा राख्दै कार्यालयमा ल्याइएको थियो। कार्यालयको टोलीले उनलाई गएराति महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर टेकु ल्याएको थियो।

प्रहरीले जबरालाई सुरक्षा खतरा देखिएपछि अस्थायी रूपमा कार्यालयमा राखिएको जनाएको छ। प्रहरीका अनुसार आवश्यक सुरक्षा व्यवस्था मिलाएर उनलाई उनले रोजेको सुरक्षित स्थानतर्फ पठाइएको छ।

जबरालाई किन र कसरी सुरक्षा खतरा उत्पन्न भयो भन्ने विषयमा प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन। तर, सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उनलाई रातारात प्रहरी कार्यालयमा ल्याइएको प्रहरीको भनाइ छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *