Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

जापान रोजगारको नाममा ठगी बढ्दै, वैदेशिक रोजगार विभागको चेतावनी

काठमाडौं — जापान रोजगारीको नाममा अवैध शुल्क असुली, झुटा आश्वासन तथा मानसिक दबाबका घटना बढ्दै गएको भन्दै वैदेशिक रोजगार विभागले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै व्यक्तिगत…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — जापान रोजगारीको नाममा अवैध शुल्क असुली, झुटा आश्वासन तथा मानसिक दबाबका घटना बढ्दै गएको भन्दै वैदेशिक रोजगार विभागले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

विभागले सार्वजनिक सूचना जारी गर्दै व्यक्तिगत श्रम स्वीकृति प्रक्रियामा अनधिकृत व्यक्ति तथा संस्थामार्फत गैरकानुनी गतिविधि भइरहेको जनाएको हो।

विभागका अनुसार अनुमति नलिएका कन्सल्टेन्सी, संस्था तथा व्यक्तिहरूले जापान पठाइदिने, भिसा तथा COE मिलाइदिने आश्वासन दिँदै अत्यधिक रकम असुल गरिरहेका छन्।

यस्ता गतिविधि कानूनविपरीत भएको स्पष्ट पार्दै आधिकारिक कागजात र रोजगारदाता सम्बन्धी जानकारी पुष्टि गरेर मात्र प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।
यसै सन्दर्भमा, व्यक्तिगत सिफारिस र विश्वासका आधारमा प्रक्रिया अघि बढाएका एक पीडितले ठूलो रकम बुझाएपछि अपेक्षित सहयोग नपाएको गुनासो गरेका छन्। विदेश पुगेपछि कार्यस्थलमा असहज वातावरण, अव्यवहारिक अपेक्षा, निरन्तर मानसिक दबाब र अपमानजनक व्यवहारका कारण करिब एक बर्ष मै काम छोड्न बाध्य भएको बताइएको छ।

पीडित पक्षका अनुसार सम्पूर्ण विवरण लिखित रूपमा बुझाउँदा समेत विश्वास नगरिएको र थप रूपमा छाप तथा हस्ताक्षरसहित कागज मागिएको थियो। आर्थिक पक्षमा भने पूर्ण रकम फिर्ता नगरी आंशिक रकम मात्र दिने प्रस्ताव गरिएको, त्यो पनि उजुरी नगर्ने सर्तसहित, दाबी गरिएको छ। यसलाई आवाज दबाउने प्रयासको रूपमा व्याख्या गरिएको छ।

विभागले रोजगारदाता कम्पनी, करार सम्झौता, बीमा र COE सम्बन्धी आधिकारिक कागजात पुष्टि नगरी कुनै पनि रकम नबुझाउन आग्रह गरेको छ। साथै, जापान पठाइदिने वा कागजात मिलाइदिने नाममा रकम असुल गरिएमा सम्बन्धित निकायमा उजुरी दिन अनुरोध गरिएको छ।
वैदेशिक रोजगारी क्षेत्रमा पारदर्शिता र कानुनी प्रक्रिया पालना नगरे कडा कारबाही हुने चेतावनी समेत विभागले दिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/