Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पश्चिमी न्यून चापीय प्रणालीले ल्याएको आंशिक बदली र हिमपातको सम्भावना

काठमाडौँ — देशमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको असर विशेषगरी कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा देखिएको छ, जहाँ सामान्य बदली रहेको छ।…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौँ — देशमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको असर विशेषगरी कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा देखिएको छ, जहाँ सामान्य बदली रहेको छ। अन्य पहाडी क्षेत्रमा आंशिक बदली छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका हिमाली भूभागमा सामान्य बदली रहने अनुमान गरिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। बाँकी पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि क्षणिक वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। तराईका थोरै स्थानमा बिहान हुस्सु र कुहिरो लाग्न सक्ने सम्भावना छ।

आज राति कोशी र बागमती प्रदेशसहित हिमाली भूभागमा सामान्य बदली रहनेछ। मधेस प्रदेश तथा अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा तुवाँलो लाग्न सक्ने चेतावनी पनि दिइएको छ।

महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षा, हिमपात र तुवाँलोका कारण दैनिक जनजीवन र यातायातमा सामान्य प्रभाव पर्न सक्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/