Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

हिमालयन लाइफमा सीईओ माग, कति चाहिन्छ योग्यता?

काठमाडौं - हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । कम्पनीले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो । यसका लागि नेपाल बीमा प्राधिकरणले तोके अनुसार…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । कम्पनीले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो ।

यसका लागि नेपाल बीमा प्राधिकरणले तोके अनुसार जीवन बीमा कम्पनीको सीईओ बन्न योग्य भएको, मान्यताप्राप्त विश्विद्यालयबाट म्यानेजमेन्ट, बिजनेस एडमिनिस्ट्रेसन, फाइनान्स, इकोनोमिक्स, अकाउन्टिङ र इन्स्योरेन्स विषयमा स्नातकोत्तर वा सोसरहको योग्यता हासिल गरेको साथै मान्यताप्राप्त संस्थाबाट सीए उत्तीर्ण गरेको हुनु पर्नेछ।

साथै जीवन बीमा सञ्चालन, उत्पादन, अन्डरराइटिङ, दाबी, पुनर्बीमा, जोखिम व्यवस्थापन, लगानी, वित्तीय व्यवस्थापन लगायत सीईओले गर्नुपर्ने सम्पूर्ण कार्यहरू राम्रोसँग सञ्चालन गर्न सक्ने क्षमता/दक्षता भएको हुनु पर्नेछ।

त्यस्तै बीमा कम्पनीको कम्तीमा डीसीईओ पदमा कम्तीमा ५ वर्षको काम गरेको लगायतका तोकिएको योग्यता पूरा भएका इच्छुक नेपाली नागरिकले भदौ १० गतेभित्र आवश्यक कागजात सहित आवेदन दिनु पर्नेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/