Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बीमा सर्भेयरलाई १० दिनभित्र केवाईसी अद्यावधिक गरी पोर्टफोलियो कायम गर्न बीमा प्राधिकरणको निर्देशन

काठमाडौं — नेपाल बीमा प्राधिकरणले इजाजतपत्र प्राप्त सम्पूर्ण बीमा सर्भेयरलाई व्यक्तिगत विवरण अद्यावधिक गर्न तथा प्रचलित कानुनअनुसार आफ्नो इजाजतपत्रको पोर्टफोलियो कायम गर्न १० दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ। प्राधिकरणले…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — नेपाल बीमा प्राधिकरणले इजाजतपत्र प्राप्त सम्पूर्ण बीमा सर्भेयरलाई व्यक्तिगत विवरण अद्यावधिक गर्न तथा प्रचलित कानुनअनुसार आफ्नो इजाजतपत्रको पोर्टफोलियो कायम गर्न १० दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ।

प्राधिकरणले २०८३ असार १६ गते सूचना जारी गर्दै बीमा ऐन, २०७९, बीमा नियमावली, २०८१ तथा बीमा सर्भेयर सम्बन्धी निर्देशन, २०८३ बमोजिम सूचना प्रकाशन भएको मितिले १० दिनभित्र तोकिएका कार्य अनिवार्य रूपमा गर्न/गराउन आग्रह गरेको हो।

प्राधिकरणका अनुसार सबै इजाजतपत्र प्राप्त बीमा सर्भेयरले IRMIS प्रणालीमा आफ्नो व्यक्तिगत विवरण स्पष्ट र बुझिने कागजातसहित अपलोड गरी अद्यावधिक गर्नुपर्नेछ।

बीमा ऐन, २०७९ को दफा ९१ को उपदफा (५) बमोजिम सबै व्यक्तिगत इजाजतपत्र प्राप्त बीमा सर्भेयरले बीमा नियमावली, २०८१ को नियम ४५(१) अनुसार आफू विशेषज्ञता रहेको रोजेको पोर्टफोलियोको इजाजतपत्र कायम गर्न पोर्टफोलियो उल्लेख गरी निवेदन पेश गर्नुपर्ने व्यवस्था रहेको प्राधिकरणले स्मरण गराएको छ।

यस्तै, बीमा नियमावली, २०८१ को नियम ४९ को उपनियम (२) बमोजिम संस्थागत इजाजतपत्र प्राप्त सबै बीमा सर्भेयरले वर्गविहीन इजाजतपत्र कायम गर्नका लागि आवश्यक निवेदन पेश गर्नुपर्नेछ।

त्यसैगरी, बीमा नियमावली, २०८१ को नियम ४९ को उपनियम (१) खण्ड (ग) बमोजिम ‘ग’ वर्गको इजाजतपत्र कायम गर्न ‘घ” वर्गका सबै व्यक्तिगत इजाजतपत्र प्राप्त गरेका बीमा सर्भेयरले निवेदन पेश गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/