Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

उपकार लघुवित्त द्वारा कर्जा बीमा बापत रु. २ लाखभन्दा बढी रकम हस्तान्तरण

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय मौरिघाट, दाङले गढवा गाउँपालिका–४, सोनपुरवाका समूह सदस्य श्रीमती भीमा देवी भण्डारी क्षेत्रीलाई कर्जा बीमा बापत रु. २,००,५३६ (दुई लाख पाँच सय छत्तीस) बराबरको बीमा रकम…


विज्ञापनAdvertisement Banner
2 min read

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय मौरिघाट, दाङले गढवा गाउँपालिका–४, सोनपुरवाका समूह सदस्य श्रीमती भीमा देवी भण्डारी क्षेत्रीलाई कर्जा बीमा बापत रु. २,००,५३६ (दुई लाख पाँच सय छत्तीस) बराबरको बीमा रकम हस्तान्तरण गरेको छ।

समूह सदस्य भीमा देवी भण्डारी क्षेत्रीका श्रीमान् स्वर्गीय रुद्रबहादुर भण्डारी क्षेत्रीको ५७ वर्षको उमेरमा गत वैशाख २३ गते निधन भएपछि संस्थाको कर्जा बीमा योजनाअनुसार परिवारलाई राहतस्वरूप उक्त बीमा रकम प्रदान गरिएको हो। गढवा गाउँपालिका–४ का वडा सदस्य श्री रमा भण्डारी मार्फत बीमा रकम हस्तान्तरण गरिएको कार्यक्रममा बोल्दै उहाँले लघुवित्त तथा बीमा सेवाले विपद् र आपत्कालीन अवस्थामा सदस्य परिवारलाई महत्वपूर्ण आर्थिक सहयोग पुर्याउँदै आएको उल्लेख गर्दै संस्थाको कार्यप्रति प्रशंसा व्यक्त गर्नुभयो।

कार्यक्रममा उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडका असुली अधिकृत श्री त्रिभुवन पराजुलीले संस्थाले सदस्यहरूको आर्थिक तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै कर्जा बीमा कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो।

साथै संस्था मार्फत उद्यमशीलता तथा सीप विकास तालिम, प्रसूति तथा सुत्केरी स्याहार सुविधा, काजक्रिया सुविधा, सफल उद्यमी तथा उत्कृष्ट बचतकर्तालाई सम्मान, बालबालिकाका लागि झोला वितरण, वित्तीय साक्षरता कार्यक्रम लगायत विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो।

शाखा कार्यालय मौरिघाटका शाखा प्रमुख श्री अयोध्या प्रसाद थारुको सञ्चालनमा सम्पन्न कार्यक्रममा केन्द्रका महिला सदस्यहरूले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/