Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बीमा प्राधिकरण अध्यक्ष बन्न ५० जनाको दौड, मिश्रदेखि घिमिरे र रायमाझीसम्म प्रतिस्पर्धामा

काठमाडौं – नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५० जनाले आवेदन दिएका छन्। अर्थ मन्त्रालयले आह्वान गरेको आवेदन प्रक्रियाअन्तर्गत मंगलबार अपराह्न ५ बजेसम्म ५० जनाको आवेदन दर्ता भएको हो। अध्यक्ष पदका लागि…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५० जनाले आवेदन दिएका छन्। अर्थ मन्त्रालयले आह्वान गरेको आवेदन प्रक्रियाअन्तर्गत मंगलबार अपराह्न ५ बजेसम्म ५० जनाको आवेदन दर्ता भएको हो।

अध्यक्ष पदका लागि आवेदन दिनेहरूमा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर बमबहादुर मिश्र, बीमा विज्ञ डा. रविन्द्र घिमिरे, नेपाल पुनर्बीमा कम्पनीका पूर्व प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझी, नेपाल बीमा प्राधिकरणका निर्देशक कमलराज रेग्मी तथा उपनिर्देशक विरोध भट्ट रहेका छन्।

यस्तै, नेपाल राष्ट्र बैंकका केही कार्यकारी निर्देशक तथा उपनिर्देशकहरूले समेत उम्मेदवारी दिएका छन्। स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक दामोदर बसौला, बीमा क्षेत्रमा लामो समय काम गरेका युनाइटेड इन्स्योरेन्स कम्पनीका पूर्व कामु प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई पनि अध्यक्ष पदको दौडमा छन्।

बीमापोष्टलाई प्राप्त जानकारीअनुसार नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. राजेन्द्र पण्डित, विष्णुबाबु मिश्र, झनकराज ढुंगेल, बुद्धकाजी श्रेष्ठ, एशियन लाइफ इन्स्योरेन्सका पूर्व कर्मचारी प्रशान्त धमला, सुनिल देवकोटा तथा विक्रान्त पाण्डेले समेत आवेदन दिएका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/