Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेपाल माइक्रो इन्स्योरेन्सद्वारा दाबी भुक्तानीका लागि २१ दिनभित्र सम्पर्क गर्न आग्रह

काठमाडौं — नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड ले चालु आर्थिक वर्ष २०८२/०८३ को पौष मसान्तसम्म कम्पनीमा परेका विभिन्न बीमा दाबीसम्बन्धी आवश्यक कागजात अझै पेश नगरेका बीमितलाई २१ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड ले चालु आर्थिक वर्ष २०८२/०८३ को पौष मसान्तसम्म कम्पनीमा परेका विभिन्न बीमा दाबीसम्बन्धी आवश्यक कागजात अझै पेश नगरेका बीमितलाई २१ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।

कम्पनीले सूचना जारी गर्दै केही बीमितहरूले दाबी भुक्तानी प्रक्रियाका लागि आवश्यक कागजात उपलब्ध नगराएको तथा कम्पनी वा नियुक्त सर्भेयरसँग सम्पर्कमा नआएका कारण दाबी प्रक्रिया रोकिएको जनाएको हो।

कम्पनीका अनुसार सम्बन्धित बीमितहरूले आफ्नो दाबीसम्बन्धी सम्पूर्ण आवश्यक कागजातसहित कम्पनीको शाखा कार्यालय, प्रदेश कार्यालय वा नियुक्त सर्भेयरसँग सम्पर्क गरी दाबी प्रक्रिया अघि बढाउनुपर्नेछ।

साथै, तोकिएको २१ दिनभित्र आवश्यक प्रक्रिया पूरा नगरी सम्पर्कमा नआएका दाबी फाइलहरू प्रचलित नियमअनुसार बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/