Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बीमा प्राधिकरणद्वारा दुई बीमा कम्पनी कारबाहीमा

काठमाडौं — नेपाल बीमा प्राधिकरणले बीमा ऐन, २०७९ तथा प्राधिकरणद्वारा जारी निर्देशन उल्लंघन गरेको आरोपमा दुई बीमा सम्बन्धी संस्थामाथि कारबाही गरेको छ। कारबाहीमा पर्ने संस्थामा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र लर्ड बुद्ध…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — नेपाल बीमा प्राधिकरणले बीमा ऐन, २०७९ तथा प्राधिकरणद्वारा जारी निर्देशन उल्लंघन गरेको आरोपमा दुई बीमा सम्बन्धी संस्थामाथि कारबाही गरेको छ। कारबाहीमा पर्ने संस्थामा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ रहेका छन्।

प्राधिकरणका अनुसार सलिकोले सम्पत्ति बीमा निर्देशन, २०८० को दफा २५(२) विपरीत हुने गरी बीमाशुल्कमा अनधिकृत छुट प्रदान गरेको पाइएको हो। उक्त व्यवस्थाअनुसार कुनै पनि बीमा कम्पनीले जारी गरिने बीमालेखमा छुट, रिहायत वा सहुलियत दिन पाउने छैन। यद्यपि, बीमा अभिकर्ताको प्रयोग नगरी सिधै बीमालेख बिक्री गरिएको अवस्थामा पाँच प्रतिशतसम्म छुट दिन सकिने व्यवस्था रहेको छ।

तर, सलिकोले सो व्यवस्था उल्लंघन गरेको पुष्टि भएपछि नेपाल बीमा प्राधिकरणले बीमा ऐन, २०७९ बमोजिम कम्पनीलाई दुई लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ।

त्यसैगरी, लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङले पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका, २०७८ को दफा १५ को उपदफा (१) र (२) पालना नगरेको प्राधिकरणले जनाएको छ। उक्त निर्देशिकाअनुसार प्राधिकरणको स्वीकृतिबिना पुनर्बीमा दलाल संस्थाको स्वामित्व परिवर्तन, हस्तान्तरण वा विघटन गर्न पाइँदैन।

प्राधिकरणले लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङले स्वीकृतिविना स्वामित्व सम्बन्धी प्रक्रिया अघि बढाएको भन्दै बीमा ऐन, २०७९ अनुसार पाँच हजार रुपैयाँ जरिवाना गरेको हो।

नेपाल बीमा प्राधिकरणले पछिल्लो समय बीमा क्षेत्रलाई व्यवस्थित, पारदर्शी र नियमसम्मत बनाउन अनुगमन तथा कारबाही प्रक्रिया कडाइका साथ अघि बढाइरहेको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/