spot_img
22.1 C
Kathmandu
spot_img
Homeवित्तबीमाआइएमई लाइफले ९ महीनामा कमायो ३६ करोड नाफा, जीवन बीमाकोष १७ अर्ब...

आइएमई लाइफले ९ महीनामा कमायो ३६ करोड नाफा, जीवन बीमाकोष १७ अर्ब नजिक

काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले अधिकांश वित्तीय सूचकमा सुधार गर्दै नाफा वृद्धि कायम राखेको छ।

समीक्षा अवधिमा कम्पनीले ३६ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको ३६ करोड ६३ लाख रुपैयाँको तुलनामा सामान्य वृद्धि हो। यद्यपि नाफा वृद्धिदर सीमित देखिए पनि कम्पनीका अन्य प्रमुख सूचकहरू उल्लेखनीय रूपमा बढेका छन्।

कम्पनीको खुद बीमाशुल्क आर्जन ३ अर्ब ६० करोड ३५ लाख रुपैयाँबाट ३९.१८ प्रतिशतले वृद्धि भई ५ अर्ब १ करोड ५१ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, जीवन बीमाकोष पनि ११ अर्ब ८४ करोड ३४ लाख रुपैयाँबाट ४२ प्रतिशतले बढेर १६ अर्ब ८३ करोड १० लाख रुपैयाँ पुगेको छ, जसले कम्पनीको व्यवसाय विस्तारलाई संकेत गर्छ।

कुल आम्दानी ४ अर्ब ८२ करोड ९४ लाख रुपैयाँबाट करिब २८ प्रतिशतले वृद्धि भई ६ अर्ब १७ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च पनि ३० प्रतिशतले बढेर ५ अर्ब ८१ करोड ६ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा कम्पनीले आफ्ना अभिकर्ताहरूलाई ४३ करोड ६४ लाख रुपैयाँ कमिशन वितरण गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा झण्डै ३० प्रतिशतले बढी हो। प्रतिशेयर आम्दानी (EPS) ४ पैसाले बढेर ९.८१ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३१.४९ रुपैयाँ कायम रहेको छ। कम्पनीको सोल्भेन्सी अनुपात २.५९ प्रतिशत रहेको छ।

५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ति कोषमा २९ करोड ९५ लाख रुपैयाँ, जगेडा कोषमा ५२ करोड ८ लाख रुपैयाँ तथा शेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँ सञ्चित रहेको छ।

चैत मसान्तसम्म कम्पनीले २० अर्ब ७५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ भने कुल सम्पत्ति २४ अर्ब ६९ करोड रुपैयाँ नाघेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here