Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

स्वास्थ्य बीमा सेवा नदिने अस्पतालमाथि कारबाही हुने

काठमाडौं । स्वास्थ्य बीमा अन्तर्गत सेवा प्रवाहमा देखिएको लापरवाहीप्रति स्वास्थ्य बीमा बोर्डले कडा रुप अपनाएको छ। बीमित सेवाग्राहीलाई सेवा दिन आनाकानी गर्ने तथा आवश्यक सुविधा उपलब्ध नगराउने स्वास्थ्य संस्थामाथि निगरानी बढाइएको बोर्डले…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं । स्वास्थ्य बीमा अन्तर्गत सेवा प्रवाहमा देखिएको लापरवाहीप्रति स्वास्थ्य बीमा बोर्डले कडा रुप अपनाएको छ। बीमित सेवाग्राहीलाई सेवा दिन आनाकानी गर्ने तथा आवश्यक सुविधा उपलब्ध नगराउने स्वास्थ्य संस्थामाथि निगरानी बढाइएको बोर्डले जनाएको छ।

पछिल्लो समय बीमितहरूले अस्पतालहरूबाट समयमा सेवा नपाएको, अनावश्यक रूपमा अग्रिम समय लिनुपर्ने व्यवस्था गरिएको तथा औषधि र आवश्यक उपचारमा समेत समस्या भएको गुनासो बढ्दै गएको छ। यसलाई गम्भीर रूपमा लिँदै बोर्डले सेवा प्रदायक संस्थाहरूलाई तत्काल सुधार गर्न निर्देशन दिएको हो।

बोर्डले बीमा सेवा प्रदान गर्दा कुनै पनि प्रकारको भेदभाव नगर्न, सेवाग्राहीलाई सहज पहुँच सुनिश्चित गर्न तथा सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउन विशेष जोड दिएको छ।

स्वास्थ्य बीमा ऐन, २०७४ तथा नियमावली, २०७५ अनुसार सेवा दिन अस्वीकार गर्ने वा ढिलासुस्ती गर्ने संस्थामाथि कानुनी कारबाही गरिने बोर्डले स्पष्ट पारेको छ। साथै, अनुगमन प्रक्रिया थप कडाइका साथ सञ्चालन गरिने समेत जनाइएको छ।

बोर्डका कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार, “बीमित नागरिकलाई सेवा दिन असहयोग गर्ने संस्थामाथि आवश्यक कारबाही गरिनेछ र यस्तो गतिविधि कुनै पनि हालतमा सह्य हुने छैन।”

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/