Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

दाबी भुक्तानी लिन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह

काठमाडौं — सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड ले गत पुस मसान्तसम्म परेका बीमा दाबीको भुक्तानी लिन सम्बन्धित बीमित पक्षलाई सम्पर्क गर्न आग्रह गरेको छ। कम्पनीले सूचना जारी गर्दै धेरै बीमितको तर्फबाट दाबी निवेदन…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड ले गत पुस मसान्तसम्म परेका बीमा दाबीको भुक्तानी लिन सम्बन्धित बीमित पक्षलाई सम्पर्क गर्न आग्रह गरेको छ।

कम्पनीले सूचना जारी गर्दै धेरै बीमितको तर्फबाट दाबी निवेदन परे पनि दाबी मूल्यांकनका लागि आवश्यक थप कागजात उपलब्ध नगराइएकाले भुक्तानी प्रक्रिया अघि बढ्न नसकेको जनाएको छ।

त्यसैले सम्बन्धित बीमितलाई आवश्यक कागजातसहित कम्पनीको नजिकको प्रदेश, शाखा तथा उपशाखा कार्यालय वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न तथा सम्बन्धित सर्भेयरसँग समन्वय गरी दाबी फर्छ्यौट प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ।

कम्पनीले अबको ३५ दिनभित्र पनि आवश्यक कागजातसहित बीमित सम्पर्कमा नआएमा सम्बन्धित बीमा दाबीको फाइल बन्द गरिने जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/