Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बैंकिङ्ग प्रणालीमा तरलता थुप्रिने क्रम रोकिएन, ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं - बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिने क्रम नरोकिएपछि नेपाल राष्ट्र बैंक ले आज ४० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ। कर्जा प्रवाह विस्तार हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा अधिक तरलता…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम थुप्रिने क्रम नरोकिएपछि नेपाल राष्ट्र बैंक ले आज ४० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ। कर्जा प्रवाह विस्तार हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिँदै गएको छ।

केन्द्रीय बैंकले फागुन ५ गते ८९ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ उठाउने जनाएको हो। उक्त उपकरण बोलकबोल प्रक्रियाबाट निष्कासन गरिनेछ। बैंक तथा वित्तीय संस्थाले अनलाइनमार्फत न्यूनतम १० करोड रुपैयाँदेखि ५ करोड रुपैयाँका गुणकमा कुल आह्वान गरिएको रकमसम्मका लागि बोलपत्र पेश गर्न सक्नेछन्।

निक्षेप संकलनका लागि बोलकबोल ब्याजदरमा आवेदन दिनुपर्नेछ भने बहुब्याजदरमा बहुबोलकबोल गर्न पनि सकिने व्यवस्था गरिएको छ। बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म क्रमशः वितरण गरिने राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/