Friday, September 11, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

ब्याजदरमा बोलकबोल गरेर ४० अर्ब रुपैयाँ संकलन गर्ने नेपाल राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले ८८ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत बोलकबोल प्रक्रियाबाट रकम उठाउने जनाएको हो। राष्ट्र बैंकका अनुसार उक्त…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले ८८ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत बोलकबोल प्रक्रियाबाट रकम उठाउने जनाएको हो।

राष्ट्र बैंकका अनुसार उक्त निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलका आधारमा निर्धारण गरिनेछ। संकलित रकमको साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १० गते गरिनेछ।

बोलपत्रमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सक्नेछन्। आवेदन गर्दा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

निक्षेप संकलन बहुब्याजदर प्रणालीअनुसार गरिनेछ, जसअन्तर्गत एउटै संस्थाले विभिन्न ब्याजदरमा बहुबोलकबोल गर्न सक्नेछन्। राष्ट्र बैंकले आह्वान गरिएको रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राख्दै क्रमशः रकम विनियोजन गर्ने स्पष्ट पारेको छ।

संकलित निक्षेप सम्बन्धित बोलवालाको लगानी मानिनेछ। तर उक्त रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न नपाइने केन्द्रीय बैंकले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/