Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

वाणिज्य बैंकले उठाए ६ महिनामा २ खर्ब ३० अर्ब ब्याज

काठमाडौं - चालू आर्थिक वर्षको पहिलो ६ महिनामा देशका २० वाणिज्य बैंकहरूले ऋणीहरूबाट कुल २ खर्ब ३० अर्ब ८३ करोड ७२ लाख रुपैयाँ ब्याज संकलन गरेका छन्। यो रकम गत वर्षको सोही…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – चालू आर्थिक वर्षको पहिलो ६ महिनामा देशका २० वाणिज्य बैंकहरूले ऋणीहरूबाट कुल २ खर्ब ३० अर्ब ८३ करोड ७२ लाख रुपैयाँ ब्याज संकलन गरेका छन्। यो रकम गत वर्षको सोही अवधिको २ खर्ब ५४ अर्ब २ करोड ९२ लाख रुपैयाँको तुलनामा ९.१३ प्रतिशतले कम हो।

बैंकहरूले व्यक्तिगत, सवारी साधन र व्यवसायिक कर्जा लगायत विभिन्न प्रकारका ऋण प्रवाह गर्दै आएका छन् र ऋणीहरूले तिरेको ब्याज बैंकहरूको आम्दानीको महत्वपूर्ण स्रोत हो।

बैंकगत विवरणअनुसार, ग्लोबल आइएमई बैंक ले सबैभन्दा बढी २० अर्ब ८ करोड ७० लाख रुपैयाँ, नबिल बैंक ले १९ अर्ब २० करोड ८ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंक ले १४ अर्ब ४८ करोड ४० लाख रुपैयाँ ब्याज उठाएका छन्।

गत वर्षको तुलनामा १९ वटा बैंकको ब्याज आम्दानी घटेको छ। सर्वाधिक २३.१३ प्रतिशतले एनआईसी एशिया बैंक को आम्दानी घटेको छ भने राष्ट्रिय वाणिज्य बैंक को ब्याज आम्दानी ८.७६ प्रतिशतले बढेको छ।

विश्लेषकका अनुसार, कर्जा मागमा सुस्तता, ब्याजदरमा कमी र आर्थिक गतिविधिमा मन्दीका कारण बैंकहरूको ब्याज आम्दानीमा दबाब परेको देखिन्छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/