बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बैंकमा १३ खर्बभन्दा बढी तरलता, कर्जा प्रवाह सुस्त

काठमाडौं — बैंक तथा वित्तीय संस्थामा १३ खर्ब रुपैयाँभन्दा बढी अतिरिक्त तरलता रहे पनि निजी क्षेत्रमा कर्जाको माग बढ्न सकेको छैन। ब्याजदर घटेर ४ देखि ५ प्रतिशतसम्म पुग्दा पनि उद्योगी–व्यवसायी नयाँ लगानी…


विज्ञापनAdvertisement Banner
◷
1 min read

काठमाडौं — बैंक तथा वित्तीय संस्थामा १३ खर्ब रुपैयाँभन्दा बढी अतिरिक्त तरलता रहे पनि निजी क्षेत्रमा कर्जाको माग बढ्न सकेको छैन। ब्याजदर घटेर ४ देखि ५ प्रतिशतसम्म पुग्दा पनि उद्योगी–व्यवसायी नयाँ लगानी गर्न उत्साहित नहुँदा बैंकमा रकम थुप्रिएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले असोज १५ गतेसम्म केन्द्रीय बैंकमा ४ खर्ब रुपैयाँभन्दा बढी रकम जम्मा गरेका छन्। निजी क्षेत्रको कमजोर मनोबल, बजार मागमा कमी, घरजग्गा कारोबारमा सुस्तता र नीतिगत अनिश्चितताले कर्जा विस्तार प्रभावित भएको छ।

यस्तै, चालु आर्थिक वर्षको असोज १६ गतेसम्म सरकारले पुँजीगत बजेटको २.८४ प्रतिशत अर्थात् १२ अर्ब २५ करोड रुपैयाँ मात्र खर्च गरेको छ। सरकारी खर्च र निजी लगानी नबढ्दा अर्थतन्त्र चलायमान बनाउन चुनौती थपिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *