Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सञ्चालक समिति र सीईओलाई राष्ट्र बैंकको चेतावनी

काठमाडौं – नेपाल राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई बैंकिङ निर्देशिका उल्लङ्घन गरेको पाइएपछि औपचारिक रूपमा सचेत गराएको छ। राष्ट्र बैंकका अनुसार, इ.प्रा. निर्देशन…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाल राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई बैंकिङ निर्देशिका उल्लङ्घन गरेको पाइएपछि औपचारिक रूपमा सचेत गराएको छ।

राष्ट्र बैंकका अनुसार, इ.प्रा. निर्देशन नं. २/०८१ को बुँदा नं. ३(९)(ज) को पूर्ण अनुपालना नगरी कर्जासम्बन्धी कागजातमा ग्राहकको सहीछाप नभएको र सुरक्षण भन्दा बढी कर्जा प्रवाह भएको पाइएको छ।

त्यस्तै, इ.प्रा. निर्देशन नं. १५/०८१ को बुँदा नं. ३(७) अनुसार एउटै प्रकारका कर्जामा २ प्रतिशत भन्दा बढी ब्याजदर अन्तर कायम गरिएको पनि भेटिएको छ। साथै चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ को बुँदा ८.५ र १०.१२ पालना नगरी त्रैमासिक अन्तिम महिनामा नयाँ अल्पकालीन कर्जा प्रवाह गरी ती कर्जालाई असुलीमा प्रयोग गरिएको पनि पाइएको छ।

उल्लङ्घनका आधारमा, नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा (२) खण्ड (क) अनुसार बैंकका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई औपचारिक चेतावनी दिएको राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/