Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

२०८३ का लागि बैंक बिदा सार्वजनिक: दसैंमा ७ दिन र तिहारमा ५ दिन बैंक बन्द हुने

काठमाडौं — नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३ का लागि बैंक बिदाको आधिकारिक सूची सार्वजनिक गरेको छ। केन्द्रीय बैंकको मानव संसाधन व्यवस्थापन विभागले जारी गरेको सूचीअनुसार आगामी वर्ष विभिन्न राष्ट्रिय पर्व तथा…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३ का लागि बैंक बिदाको आधिकारिक सूची सार्वजनिक गरेको छ। केन्द्रीय बैंकको मानव संसाधन व्यवस्थापन विभागले जारी गरेको सूचीअनुसार आगामी वर्ष विभिन्न राष्ट्रिय पर्व तथा अवसरहरूमा बैंकिङ्ग सेवा बन्द रहनेछ।

सूचीअनुसार नयाँ वर्षको दिन अर्थात् वैशाख १ गते देशभरका बैंक बन्द रहनेछन्। साथै वैशाख १८ गते पर्ने विश्व मजदुर दिवस (मे १) का अवसरमा पनि सार्वजनिक बिदा दिइएको छ। प्रमुख चाडपर्व दसैं र तिहारमा भने लामो समयसम्म बैंकिङ्ग सेवा बन्द रहनेछ। दसैंको अवसरमा असोज २५ गते घटस्थापनादेखि सुरु भई असोज ३१ गते फूलपातीदेखि कात्तिक ६ गते द्वादशीसम्म गरी कुल ७ दिन बैंक बन्द रहनेछन्।

त्यसैगरी तिहार पर्वमा कात्तिक २२ गते लक्ष्मीपूजादेखि कात्तिक २६ गते भाइटीकासम्म ५ दिन बैंक बिदा रहने व्यवस्था गरिएको छ।

नियमित रूपमा प्रत्येक शनिबार पूर्ण बिदा हुनेछ भने शुक्रबार आधा दिन मात्र बैंक सञ्चालन हुनेछन्। प्रदेश सरकारले आफ्नो प्रदेशमा थप सार्वजनिक बिदा घोषणा गर्न सक्ने व्यवस्था पनि गरिएको छ। यसअनुसार प्रदेशले वर्षमा अधिकतम ६ दिनसम्म अतिरिक्त बिदा दिन सक्नेछ। यदि सोभन्दा बढी बिदा घोषणा गरिएमा, विशेषगरी काठमाडौं उपत्यकाका जिल्लाहरूका लागि गृह मन्त्रालयको निर्णयअनुसार लागू हुने राष्ट्र बैंकले जनाएको छ।

यसैबीच, केन्द्रीय बैंकले कार्यालय तथा बैंकिङ्ग कारोबार समयसमेत निर्धारण गरेको छ। वैशाख १ देखि कात्तिक १५ र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुनेछ। कात्तिक १६ देखि माघ १५ सम्म भने कार्यालय समय बिहान १० बजेदेखि साँझ ४ बजेसम्म कायम गरिएको छ। प्रत्येक शुक्रबार बैंकिङ्ग सेवा बिहान १० बजेदेखि दिउँसो १:३० बजेसम्म सञ्चालन हुनेछ।

राष्ट्र बैंकको यो निर्णयले आगामी वर्षको बैंकिङ्ग सेवा सञ्चालन, योजना तथा वित्तीय कारोबार व्यवस्थापनमा स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/