Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

निर्वाचन लक्षित सार्वजनिक बिदामा पनि बैंकिङ्ग सेवा खुला राख्न निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले प्रतिनिधि सभा सदस्य आमनिर्वाचन–२०८२ लाई लक्षित गर्दै सार्वजनिक बिदाका दिनमा समेत अत्यावश्यक बैंकिङ्ग सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। केन्द्रीय बैंकले निर्वाचन आयोग…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – नेपाल राष्ट्र बैंकले प्रतिनिधि सभा सदस्य आमनिर्वाचन–२०८२ लाई लक्षित गर्दै सार्वजनिक बिदाका दिनमा समेत अत्यावश्यक बैंकिङ्ग सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

केन्द्रीय बैंकले निर्वाचन आयोग नेपालको पत्रअनुसार इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई वित्तीय सेवा सुचारु राख्न आग्रह गरेको जनाएको छ।

सरकारले निर्वाचनलाई मध्यनजर गर्दै फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गरेको छ। साथै, फागुन १८ गते हिमाली तथा पहाडी जिल्लाका ५६ जिल्लामा र फागुन १९ गते तराईका २९ जिल्लामा होली पर्व (फागु पूर्णिमा) का कारण सार्वजनिक बिदा रहने भएकाले सो अवधिमा समेत आवश्यक बैंकिङ्ग सेवा उपलब्ध गराउन भनिएको छ।

जारी सूचनाअनुसार सरकारी कारोबार गर्ने तोकिएका वाणिज्य बैंकहरूले भुक्तानी व्यवस्था तथा राजस्व दाखिलासम्बन्धी सेवा सञ्चालन गर्नुपर्नेछ। निर्वाचन प्रचार–प्रसारका लागि बैंक खाता सञ्चालन गरिएका बैंक तथा वित्तीय संस्थाले राजनीतिक दल र उम्मेदवारहरूको नगद, चेक वा अन्य विनिमय साधनको दाखिला तथा भुक्तानी सेवा उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ।

निर्वाचन प्रक्रिया प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन सार्वजनिक बिदाका दिनमा समेत बैंकिङ्ग सेवा निरन्तर राख्नुपर्ने केन्द्रीय बैंकको जोड छ।

यसैबीच, पूँजी बजारसँग सम्बन्धित कारोबारसमेत निर्वाचन अवधिमा व्यवस्थित रूपमा सञ्चालन गर्न सम्बन्धित निकायबीच समन्वय भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/