
काठमाडौं — लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको बैठकले भट्टराईलाई आगामी कात्तिक १५ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैंकको असोज २७ गते अपराह्न ४ बजे बसेको सञ्चालक समितिको ३३०औँ बैठकले भट्टराईलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो। बैंकले उक्त नियुक्ति कात्तिक १५ गतेदेखि लागू हुने जनाएको छ। सीईओ नियुक्त भएका भट्टराई सोही बैंकका सिनियर डीसीईओ तथा चिफ क्रेडिट अफिसरको रूपमा कार्यरत थिए।






Leave a Reply