Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई एभरेष्ट हस्पिटलमा विशेष छुट

काठमाडौँ - नेपाल बैंक लिमिटेड का ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारले एभरेष्ट हस्पिटल प्रा. लि. मा उपचार गर्दा विशेष छुट पाउने भएका छन्। यस सम्बन्धमा दुई संस्थाबीच सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ – नेपाल बैंक लिमिटेड का ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारले एभरेष्ट हस्पिटल प्रा. लि. मा उपचार गर्दा विशेष छुट पाउने भएका छन्। यस सम्बन्धमा दुई संस्थाबीच सम्झौता सम्पन्न भएको छ।

सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरू र उनीहरूका परिवारलाई काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलमा उपलब्ध विभिन्न उपचार सेवामा लाग्ने शुल्कमा ५ देखि २० प्रतिशतसम्म छुट प्रदान गरिनेछ। अस्पतालले उपलब्ध गराउने सेवाहरूमा लाग्ने बिल रकममा उक्त प्रतिशतका आधारमा सहुलियत लागू हुनेछ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले तथा अस्पतालका तर्फबाट सञ्चालक समितिका सदस्य सैलेन्द्र महासेठले हस्ताक्षर गरेका छन्।

यस सम्झौतापछि बैंकसँग आबद्ध सेवाग्राही र कर्मचारीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सहुलियत दरमा उपलब्ध हुने विश्वास गरिएको छ। बैंकले आफ्ना ग्राहक तथा कर्मचारीको हितलाई मध्यनजर गर्दै यस्ता सहकार्यलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/