spot_img
19.1 C
Kathmandu
spot_img
Homeवित्तबैंक/वित्तडिजिटल भुक्तानीबारे बुझ्न राष्ट्र बैंकको आग्रह

डिजिटल भुक्तानीबारे बुझ्न राष्ट्र बैंकको आग्रह

काठमाडौं — नेपाल राष्ट्र बैंक ले भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र भुक्तानी सेवा प्रदायक (पीएसपी) को भूमिका स्पष्ट रूपमा बुझ्न सर्वसाधारणलाई आग्रह गरेको छ। वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले केन्द्रीय बैंकले एक सन्देश जारी गर्दै डिजिटल भुक्तानीको सुरक्षित र सही प्रयोगमा जोड दिएको हो।

राष्ट्र बैंकका अनुसार विद्युतीय भुक्तानी प्रणालीलाई व्यवस्थित र सुरक्षित बनाउन अनुमति प्राप्त संस्थाहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। यस्ता संस्थाहरू दुई प्रकारका हुन्छन्—भुक्तानी सेवा प्रदायक (पीएसपी) र भुक्तानी प्रणाली सञ्चालक (पीएसओ)।

पीएसपीहरूले सर्वसाधारणलाई लक्षित गरी वस्तु तथा सेवाको भुक्तानी, रकम स्थानान्तरण (ट्रान्सफर) तथा अन्य विद्युतीय कारोबार सञ्चालन गर्ने गर्दछन्। यसअन्तर्गत मोबाइल बैंकिङ्ग, वालेट सेवा तथा अन्य डिजिटल माध्यमबाट हुने भुक्तानी पर्दछन्।

त्यस्तै, पीएसओहरूले भुक्तानी पूर्वाधार सञ्चालन गर्ने जिम्मेवारी वहन गर्दछन्। यसमा समाशोधन गृह सञ्चालन, विद्युतीय कार्ड नेटवर्क तथा अनलाइन भुक्तानी सञ्जाल व्यवस्थापनजस्ता कार्य समावेश हुन्छन्।

हाल नेपाल राष्ट्र बैंक बाट अनुमति प्राप्त २१ वटा पीएसपी र ८ वटा पीएसओ नेपालमा सञ्चालनमा रहेका छन्। राष्ट्र बैंकले डिजिटल कारोबार बढ्दो क्रममा रहेकाले प्रयोगकर्ताले यी प्रणालीबारे स्पष्ट जानकारी राख्नुपर्नेमा जोड दिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here