Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बैंक तथा वित्तीय संस्थामा निक्षेप ६ प्रतिशतले वृद्धि

काठमाडौं — नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप उल्लेख्य रूपमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म कुल निक्षेप ६.० प्रतिशतले बढेर ७६ खर्ब ९७ अर्ब ५९…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप उल्लेख्य रूपमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म कुल निक्षेप ६.० प्रतिशतले बढेर ७६ खर्ब ९७ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार सो अवधिमा निक्षेप ४ खर्ब ३३ अर्ब ७१ करोड रुपैयाँले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो निक्षेप ३.८ प्रतिशत (२ खर्ब ४५ अर्ब ३४ करोड रुपैयाँ) ले मात्र बढेको थियो।

वार्षिक विन्दुगत आधारमा हेर्दा २०८२ माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १४.९ प्रतिशतले वृद्धि भएको छ, जसले बैंकिङ क्षेत्रमा तरलताको स्थिति मजबुत बन्दै गएको संकेत गर्दछ।

निक्षेपको संरचना हेर्दा चल्ती खाताको हिस्सा ६.५ प्रतिशत, बचत खाताको ४२.८ प्रतिशत र मुद्दती निक्षेपको ४१.६ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चल्ती ५.२ प्रतिशत, बचत ३४.८ प्रतिशत र मुद्दती निक्षेप ५२.४ प्रतिशत रहेको थियो।

त्यस्तै, कुल निक्षेपमा संस्थागत निक्षेपको हिस्सा ३४.३ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष माघ मसान्तमा ३५.३ प्रतिशत रहेको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार निक्षेपमा आएको यो वृद्धि बैंकिङ प्रणालीमा विश्वास बढ्दै गएको र आर्थिक गतिविधि विस्तार हुँदै गएको संकेतका रूपमा लिइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *