Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

मुग्लिन–मलेखु सडक खण्डमा कालोपत्रे कार्यले लियो तीव्रता, ११ किलोमिटर सम्पन्न

काठमाडौँ-धादिङस्थित मुग्लिन–मलेखु सडक खण्डमा कालोपत्रे (ब्ल्याकटपिङ) कार्य तीव्र रूपमा अघि बढाइएको छ। यो खण्ड पृथ्वी राजमार्ग अन्तर्गत पर्ने महत्वपूर्ण मार्ग हो, जसले राजधानी काठमाडौँलाई चितवन हुँदै पश्चिम नेपालसँग जोड्ने मुख्य भूमिका निर्वाह…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौँ-धादिङस्थित मुग्लिन–मलेखु सडक खण्डमा कालोपत्रे (ब्ल्याकटपिङ) कार्य तीव्र रूपमा अघि बढाइएको छ। यो खण्ड पृथ्वी राजमार्ग अन्तर्गत पर्ने महत्वपूर्ण मार्ग हो, जसले राजधानी काठमाडौँलाई चितवन हुँदै पश्चिम नेपालसँग जोड्ने मुख्य भूमिका निर्वाह गर्दछ।

परियोजनाअन्तर्गत हालसम्म करिब ११ किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भइसकेको छ। गत वर्ष ८ किलोमिटर सडक कालोपत्रे गरिएको थियो भने चालु आर्थिक वर्षमा थप ३ किलोमिटर काम सकिएको जनाइएको छ। निर्माण कार्य कुरिनटार, फिस्लिङ, चाराौदी र बिशालटार आसपासका क्षेत्रमा तीव्र गतिमा भइरहेको छ।

समग्र परियोजनाको भौतिक प्रगति करिब ४० प्रतिशत पुगेको छ। निर्माण कार्यमा झण्डै २०० जना कामदार तथा प्राविधिक जनशक्ति परिचालित छन्। यद्यपि, निर्माण सामग्रीको आपूर्तिमा देखिएको कमीले कामको गति प्रभावित हुन सक्ने संकेत देखिएको छ।

यस सडक स्तरोन्नति योजनामा विश्व बैंक को आर्थिक सहयोग रहेको छ। व्यस्त खण्डहरूमा सडकलाई अधिकतम ६ लेनसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ। साथै, सडक खण्डमा पर्ने ६ वटा पुलमध्ये केहीको आधार निर्माण कार्य अघि बढाइएको छ भने कृष्णभीर लगायत जोखिमयुक्त क्षेत्रमा ढलान तथा भूस्खलन नियन्त्रणका संरचना निर्माण भइरहेको छ।

यो मार्ग देशकै अत्यन्त व्यस्त यातायात मार्गमध्ये एक भएकाले स्तरोन्नतिपछि यात्रु आवागमन सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/